स्वामी ओमलाई देखेर भड्कियो भीड, बर्साए मुक्का र लात
एजेन्सी
जेठ ६ – बिग बसको १० औं संस्करणका सबैभन्दा विवादास्पद रहेका स्वामी ओममाथि नयाँ दिल्लीमा मज्जाले कुटपिट भएको छ । उनी नयाँ दिल्लीमा नाथुराम गोडसेको जयन्ती समारोहमा मुख्य अतिथीको रुपमा बोलाइएको थियो । मंचमा स्वामीलाई देखेर भीड भड्कियो र उनीविरुद्ध नारा लगाउन थाले । हेर्दा हेर्दै भीडले स्वामीमाथि हातपातसमेत गर्यो । उनीमाथि मुक्का र लात बर्साउन थाले ।
कार्यक्रम नयाँ दिल्लीको विकास नगरस्थित सत्यम वाटिकामा राखिएको थियो । मानिसहरुलाई यसमा स्वामी ओमलाई मुख्य अतिथी बनाइएको मन परेको थिएन । उनीहरुका अनुसार गोड्सेजस्ता महान व्यक्तिको जयन्तीमा स्वामी ओमजस्ता विवादास्पद व्यक्तिलाई बोलाउनु उनको अपमान हो ।
भीडले स्वामी ओमलाई पिट्नुका साथै उनको कारलाई पनि तोडफोड गरी ड्राइभरलाई घाइते बनाइदिए ।
जनवरीमा भएको थियो ओमको पिटाईः
जनवरीमा स्वामी ओममाथि एक न्यूज च्यानलको लाइभ शोको क्रममा मज्जाले लात र मुक्का बर्सिएको थियो । च्यानलले यसको भिडियो बनाएर फेसबुकमा सेयर गरेका थिए ।
५५ सेकेन्डको यो भिडियो अनुसार स्वामी ओमले दर्शकदीर्घामा बसेकी एक महिलामाथि अभद्र व्यवहार गरेका थिए । जसका कारण प्यानलमा रहेका संत समितीका सदस्य र दर्शकले स्वामीको मज्जाले धुलाई गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण