सूर्यविनायक ८ मा एमाले समूह विजयी
शनिबार, ०६ जेठ २०७४, १४ : ३५
भक्तपुर, ६ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा (एमाले)को वडा अध्यक्षसहित समूह नै विजयी भएको छ । वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी हुनुभएको छ । सूर्यविनायक नगरपालिकामा आज १ बजेसम्म प्रमुखमा एमालेका वासु थापाले नौ हजार ३८१ र उपप्रमुखमा एमालेकै जुना बस्नेतले १० हजार ३३४ मतले अग्रता लिनुभएको छ । प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका क्रमशः विष्णुराज कार्कीले नौ हजार १०० र कल्पना राजथलाले सात हजार ८१२ मत प्राप्त गरेका छन् । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण