शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एन्जेलिना जोलीमाथि दुई छिमेकी देशबीचको झगडा चुलियो

शनिबार, ०६ जेठ २०७४, १४ : ३८
शनिबार, ०६ जेठ २०७४

बीबीसी

जेठ ६ – हलिउड स्टार एन्जेलिना जोलीको फिल्मका कारण दुई देशबिच चलिरहेको विवाद चुलिएको छ ।

खबरका अनुसार एन्जेलिना जोली मानव सभ्यतामा सूडानको योगदानमाथि फिल्म बनाउने योजनामा छिन् जसका कारण इजिप्टका मानिसहरु खुसी छैनन् ।

बीबीसी अफ्रिकाका मोहनद हाशिम भन्छन्, ‘यो झगडा ‘कसको पिरामिड धेरै अग्लो छ’ भन्दा माथि छ ।’

थुप्रै मिडिया रिपोर्टका अनुसार कतारी निर्माण कम्पनीले यो फिल्ममा पैसा लगाउनेछ जसमा एन्जेलिनासँग लियोनार्दो डिक्याप्रियो हुनेछन् ।

सूडानमा बेलायती राजदूत पनि यो कहानीमाथि ट्वीट गरेर झगडामा फसेका छन् ।

सूडानका ट्वीटर प्रयोगकर्ताले यस्ता तस्बिर पोष्ट गरेका छन् जसमा एन्जेलिनालाई एक न्युबियन रानीको रुपमा देखाइएको थियो ।

इजिप्टको एक टेलिभिजन च्यानलले एन्जेलिनाको कस्ट्युम डिजाइनर बताइएका सूडानी डिजाइनर समय दार्विशको अन्तर्वार्तासम्म लिएको छ ।

यद्यपी, यीमध्ये कुनै पनि कुराको पुष्टि अहिलेसम्म गरिएको छैन ।

यी दुई देशबिचको झगडा त्यतिबेला बढेको थियो जब कतारका सर्वश्रेष्ठ धनी व्यक्तिकी श्रीमती शेखा मोजा संयुक्त राष्ट्रका प्रतिनिधीको रुपमा सूडान पुगेकी थिइन् ।

अल– बाजरौयाह पिरामिडमा उनको यात्राको तस्बिर खुब सेयर गरियो । तर इजिप्टले यो यात्राको खुब मजाक उडाएको थियो ।

वास्तवमा सूडानको ऐतिहासिक स्थलको विकासका लागि कतार १३५ मिलियन डलरको लगानी गर्न चाहन्छ । इजिप्टका धेरैजसो मानिसहरुले यसलाई इजिप्टको कमजोर भइरहेको पर्यटन क्षेत्रलाई थप कमजोर बनाउने र इजिप्टको नेतृत्वलाई तल्लो देखाउने कोसिसको रुपमा हेर्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप