शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२५९ स्थानीय तहको नतिजा आयो, काँग्रेसको पनि शतक

शनिबार, ०६ जेठ २०७४, १५ : ५५
शनिबार, ०६ जेठ २०७४
काठमाडौं, जेठ ६– पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न ३४ जिल्लाको स्थानीय तहको नतिजा अन्तिम चरणमा आएको छ । २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय ५९ स्थानीय तहको अन्तिम नतिजा आएको छ । पछिल्लो नतिजाअनुसार नेकपा एमालेले १ सय ६ स्थानीय तहको प्रमुखसहित जित हात पारेको छ भने नेपाली काँग्रेसले पनि शतक पुर्याएको छ । नेकपा माओवादी केन्द्र ४६ स्थानीय तहमा प्रमुखसहित विजयी भएको छ । स्वतन्त्रसहित अन्य साना दल ७ स्थानमा विजयी भएका छन् । २१ स्थानीय तहको गणना जारी रहेको छ । ती मध्ये एमाले १२ स्थानमा अगाडि छ भने नेपाली काँग्रेसले ९ स्थानमा अग्रता लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप