सुर्खेतको वीरेन्द्रनगरमा मेयर काँग्रेस, उपमेयरमा एमाले विजयी
शनिबार, ०६ जेठ २०७४, १६ : २४
वीरेन्द्रनगर, जेठ ६– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । नेपाली कांग्रेसका देवकुमार सुवेदी १४ हजार ४ सय ५ मतका साथ नगरपालिका प्रमुखमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गरे । माओवादी केन्द्रका रत्न गाहाले ५ हजार २ सय ३७ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी मोहनमाया ढकाल विजयी भइन् । उनले १६ हजार ६८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत प्राप्त गरिन् ।
१६ वडामा रहेको वीरेन्द्रनगरमा ९ वडा एमाले, ६ वडामा कांग्रेस र माओवादी केन्द्रले एक वडामा जित हात पारेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण