विदेश गएका ट्रम्पविरुद्ध ह्वाइट हाउसमा ठूलो षड्यन्त्र रचिँदै
एजेन्सी
जेठ ६ – रुससँग साँठगाँठ भएको र एफबीआई निर्देशक जेम्स कोमीलाई हटाएपछि नराम्रो तरिकाले विवाद घेरिएपछि विदेश गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध ह्वाइट हाउसमा षड्यन्त्र रचिएको सीएनएनले दाबी गरेको छ । ह्वाइट हाउसका अधिकारी हर हालतमा डोनल्ड ट्रम्पसँग छुटकारा पाउन चाहन्छन् । त्यसकारण अब उनीहरु आफ्ना राष्ट्रपति पदबाट हटाउने विकल्प खोजिरहेका छन् ।
वास्तवमा, कांग्रेसमा महाभियोगमार्फत डानल्ड ट्रम्पलाई हटाउनु मुश्किल छ । यसका कारण यो हो कि अमेरिकी कांग्रेसमा ट्रम्पको रिपब्लिकन पार्टीको दबदबा छ । यस्तोमा कांग्रेसमा उनीविरुद्ध महाभियोगको प्रस्ताव पास गराउन सम्भव छैन । यो कुरा थाहा पाएपछि ह्वाइट हाउसका अधिकारी महाभियोगको प्रक्रियाको विषयमा सल्लाह लिइरहेका छन् ।
ह्वाइट हाउसका अधिकारी अमेरिकी राष्ट्रपतिलाई पदबाट हटाउनका लागि महाभियोगबाहेकको काूननी प्रक्रियाको खोजी गरिरहेको बताइएको छ । यद्यपी, ह्वाइट हाउसका अधिकारी यसबारे खुलेर कुरा गर्न तयार छैनन् । सिएनएनको रिपोर्ट अनुसार भर्खरै ह्वाइट हाउस काउन्सिल आफिसका वकिलले कानूनी विशेषज्ञसँग राष्ट्रपतिलाई पदबाट हटाउने कानूनी प्रक्रिया बारे सल्लाह लिएका छन् ।
सिएनएनमा यो रिपोर्ट प्रकाशित भएपछि ह्वाइट हाउसका एक अधिकारीले यो कुरा झुटो हो भनी प्रष्टिकरण दिएका छन् । अहिले ट्रम्प आफ्नो पहिलो विदेश भ्रमणका लागि निस्किएका छन् । उनी आफ्नो आठ दिवसीय यात्राको क्रममा पाँच् देश घुम्नेछन् । साउदी अरब पुगेपछि उनको भव्य स्वागत गरिएको छ । उनीसँग उनकी श्रीमती मलेनिया ट्रम्प र ह्वाइट हाउसका अधिकारी पनि छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण