बेलकोटगढीको मेयरमा एमाले, उपमेयरमा माओवादीकी कबिता विजयी
शनिबार, ०६ जेठ २०७४, १६ : ४९
नुवाकोट, जेठ ६–नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयर पदमा एमालेका राजेन्द्ररमण खनाल बिजयी भएका छन् ।
उनले ६६४३ मत पाए भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका जगत गुरूङले ६४५१ पाए ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी कविता ढुङ्गाना ६६६६ मतसहित विजयी भइन् । उनले एमालेकी रूपा सापकोटालाई हराएकी हुन् । रुपाले ६४६० मत ल्याइन् ।
नतिजाअनुसार बेलकोटगढीका १३ ओटा वडा मध्ये १० वडामा एमाले , २ वडामा माओवादी र १ वडामा कांग्रेस विजयी भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण