राप्ती नगरपालिका प्रमुखसहित अधिकांश एमाले विजयी
शनिबार, ०६ जेठ २०७४, १७ : ०८
चितवन, जेठ ६– राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याई प्रमुखमा विजयी भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरणभूषण ओलीले सात हजार २९२ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा एमालेकै इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी भउका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी अनिता मैनालीले सात हजार ७४ मत प्राप्त गरिन् ।
त्यस्तै राप्ती नपाको १३ मध्ये ११ वडाको वडाध्यक्ष एमाले विजयी भएको छ भने वडा नं ९ र १२ मा काँग्रेस विजयी भएको छ । यसरी विजयी हुनेमा एमालेका १ नं वडामा सिद्धिलाल तामाङ, २ मा श्यामसुन्दर उप्रेती, ३ मा राजकुमार उप्रेती, ४ मा शम्शेर लामा र ५ मा मेनुका पाठक वडाध्यक्षमा विजयी भएका छन् ।
यस्तै एमालेबाट वडा नं ६ मा जल्लु महतो, ७ मा सुमिता डल्लाकोटी, ८ मा बुद्धिराज थपलिया, १० मा अम्मरबहादुर तमाङ, ११ मा हितबहादुर तमाङ र १२ मा सूर्यबहादुर प्रजा अध्यक्षमा विजयी भएका छन् ।
यसैगरी वडा नं ९ मा काँग्रेसका देवेन्द्र लामा, र १२ मा काँग्रेसकै अर्जुन प्रजा अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण