शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कागेश्वरी मनोहराको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

शनिबार, ०६ जेठ २०७४, १७ : २०
शनिबार, ०६ जेठ २०७४
काठमाडौँ, जेठ ६– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले को अग्रता छ । पछिल्लो मत परिणामअनुसार, प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले एक हजार ९३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ५९६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी विन्दु सिम्खडाले चार हजार ७८२, काँग्रेसकी अनिता अधिकारीले चार हजार ७२९, माओवादीकी रुकु रणपालले एक हजार ४४९ र राप्रपाकी कुस्मा नगरकोटीले ७१८ मत प्राप्त गरेका छन् । नगरपालिकाका एकदेखि पाँच नं– वडासम्मको मतगणना सम्पन्न भएर अहिले वडा नं– ६ को मत गणना भइरहेको छ । वडा नं– १, ३ र ५ मा एमाले एवम् वडा नंं २ र ४ मा काँग्रेसले वडा अध्यक्ष तथा सदस्य पदमा विजय हासिल गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ । नौ वडा रहेको नगरपालिकामा शनिवार रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप