संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेः नेता खनाल
शनिबार, ०६ जेठ २०७४, १७ : २९
विराटनगर, जेठ ६– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गरेका छन् ।
नेकपा एमाले मोरङद्वारा शनिवार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संविधानको संशोधन सङ्घीय संसद्ले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै मुलुकमा अहिले व्यवस्थापिका संसद् काम चलाउको रुपमा रहेको स्पष्ट पारे ।
नेकपा एमालेले सारेको एजेन्डालाई जनताले मन पराएको कारण एमाले अग्रस्थानमा रहेको उल्लेख गर्दै उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले अग्रस्थानमा रहने दाबी गरे ।
प्रादेशिक र सङ्घीय निर्वाचन आउँदो माघ ८ गतेभित्र गर्नुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता खनालले अविलम्ब क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरे । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण