एमालेको निर्णयः दोस्रो चरणमा पनि तालमेल गर्ने
शनिबार, ०६ जेठ २०७४, १८ : ५९
काठमाडौं, जेठ ६– प्रमुख प्रतिपक्ष नेकपा एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने अधिकार सम्बन्धित कमिटीलाई नै दिएको छ ।
शनिबार बसेको पार्टी स्थायी समिति बैठकले स्थानीय आवश्यक्ताअनुसार चुनावी तालमेल गर्ने अधिकार सम्बन्धित कमिटीलाई दिने निर्णय गरेको हो ।
पार्टी नेतृत्वसँग समन्वय गरेर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने अधिकार सम्बन्धित कमिटीलाई दिइएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले एकतावद्ध भई थप उत्साहका साथ दोस्रो चरणको निर्वाचन अभियानमा जुटन पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न संसदमा विचाराधिन संविधान संशोधन विधेयक र प्रधान्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।
संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिएर दोस्रो चरणको निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको सचिव भट्टराईले बताए ।
स्थायी समिति बैठकले पहिलो चरणको निर्वाचनमा सत्ता पक्षबाट भएका धाँधलीजन्य गतिविधिको छानवीन गर्न संसदीय समिति नै बनाउनुपर्ने माग पनि गरेको छ ।
एमालेले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सरकार र सत्तारुढ काँग्रेस÷ नेकपा माओवादी केन्द्रले सत्ताको दुरुपयोग गरी निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण