शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संसदको निर्वाचनसम्म माओवादी ‘टप’ हुन्छ’: रायमाझी

शनिबार, ०६ जेठ २०७४, १९ : ३२
शनिबार, ०६ जेठ २०७४
काठमाडौं, जेठ ६– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले केन्द्रीय संसदको चुनावसम्म आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोट दिने आफूहरुले आशा लिएको भएपनि आशा गरेजस्तो मत नआएको बताए । उनले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रिय संसदको चुनावमा टप हुने दाबी गरे । उनले माओवादी पार्टी विभाजनको बावजुद पनि तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताए । उनले पहिलो चरणको निर्वाचन सफल रुपमा सम्पन्न भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत बताए । उनले आफूहरु जनतामा अब झांग्गिदै जाने भएकोलेपनि अब हुने चुनावहरुमा राम्रो नतिजा ल्याउने दाबी प्रस्तुत गरे । नेता रायमाझीले आफ्नो पार्टी र कांगे्रसवीच भएको भद्र सहमति कार्यान्वयन हुने पनि विश्वास ब्यक्त गरे । रायमाझीले प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्नेमा कुनै शंका नगर्न समेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप