शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय तहको संख्या नबढाए चुनावमा जाँदैनौंः यादव

शनिबार, ०६ जेठ २०७४, १९ : ३९
शनिबार, ०६ जेठ २०७४
काठमाडौं, जेठ ६– राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग लिने बताएका छन् । शनिबार रिपोटर्स क्लवको साक्षात्कारमा उनले चुनावमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या भने वृद्धि गर्नुपर्ने उनको भनाइ छ । उनले मोचाले चुनाव विथोल्न खोजेर आरोप लगाईएको भन्दै आफूहरुले अघि सारेका माँग पूरा भए निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । उनले मोर्चालाई अहिले घेराबन्दीमा पारिएको समेत गुनासो पोखे । उनले सरकारले आफ्नो तर्फबाट हुने कामहरु चाँडै गर्नुपर्ने समेत बताए । नेता यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जुँगाको लडाई गरिरहेको र मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । उनले एमालेले स्थानीय तहको संख्या बढाए निर्वाचन हुन नदिने भनेर धम्की दिईरहेको समेत आरोप लगाए । उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने भनेर एमालेलेपनि सहमति जनाईसकेकोले कार्यदल बनेर काम गरिरहेको अवस्थामा अहिले आएर मान्दिन भन्नु गलत भएको बताए । यादवले तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र आफनो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागिपरेको आरोप पनि लगाए । उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र आफूहरु नेतृत्वको राजपावीच चुनावी तालमेल हुने र यसको लागि तयारी भैरहेको समेत जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप