त्रिशक्ति ट्रेडर्सद्वारा बीरगंज डिलर मिट कार्यक्रमको आयोजना
शनिबार, ०६ जेठ २०७४, १९ : ४५
बीरगंज जेठ ६– त्रिशक्ति ट्रेडर्सको अयोजनामा शनिवार वीरगंजमा आधुनिक कृषि उपकरण सम्वन्धि डिलर्स मिट सम्पन्न भएको छ ।
विगत १५ वर्षदेखि नेपालका किसानहरुलाई आधुनिक कृषि उपकरणको बिक्री वितरण गरी सेवा पु¥याउदै आएको त्रिशक्ति टेड्रसले भारतमा निर्मित अन्तराष्टिय स्तरका कृषि उपकरणहरु नेपालमा भित्राउदै कृषि क्षेत्रमा आधुनिकिकरण गर्न क्रियाशिल रहेको छ ।
विगत २ वर्षदेखि राधिका कम्पनिको हाइड्रोलिक बुमको कारोवार गर्दै आएको त्रिशक्ती टेड्रसले आज सोही सम्बन्धमा वीरगंजको होटल मकालुमा कार्यक्रमको अयोजना गरेको हो ।
कार्यक्रममा राधिका हाइड्रोलिकका किशोर भाई पटेल, आशिष भाई भट्टले नेपालमा रहेको विक्रेताहरुलाई कम्पनिको उत्पादका सम्बन्धमा जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा सतवन्त एग्रो पन्जावका त्रिलोचन सिंह, निर्मल प्रोडक्टका रामजी दास लगायतका व्यक्तिहरुले रोटाभेटर, मडलोडर मेशीनका सम्बन्धमा विक्रेताहरुलाई जानकारी दिएका थिए ।
चाचान समुहका प्रबन्ध निर्देशक सजन चाचानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिशक्ति टेड्रस वीरगंजका धुव्र साह, कृषि बैज्ञानिक डा विश्वेश्वर प्रसाद यादव लगायतले कृषि उपकरण र गुणस्तरीयताको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चाचान समुहका सुशान्त चाचानको सहभागीता रहेको थियो । कार्यक्रममा झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, बारा पर्सा, रौतहट, चितवन, मकवानपुर जिल्लाका विक्रेता, कृषि प्राविधिक, अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण