नुवाकोटमा काँग्रेस सात, एमाले तीन र माओवादी केन्द्र दुई स्थानमा निर्वाचित
शनिबार, ०६ जेठ २०७४, २१ : ०४
नुवाकोट, जेठ ६– स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।
निर्वाचनको परिणाम आउन बाँकी रहेको बेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनाल निर्वाचित भएका हुन् ।
प्रमुखमा एमालेका उम्मेदवार राजेन्द्ररमण खनाल छ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगतबहादुर गुरुङले छ हजार ३५१ मत प्राप्त गरे ।
उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुङ्गाना छ हजार ६६६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रूपा सापकोटाले छ हजार ४६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिए ।
बेलकोटगढी नगरपालिकामा १० वडामा एमाले, दुई वडामा माओवादी केन्द्र र एक वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । नुवाकोटको सात स्थानीय तहको प्रमुखमा नेपाली काँग्रेस, तीन स्थानीय तहको प्रमुखमा एमाले र दुई स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।
बाह्रवटा स्थानीय तह रहेको नुवाकोटमा यसअघि विदुर नगरपालिका र तार्केश्वर गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।
यस्तै, मेघाङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
लिखु गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भए पनि बाँकी छ स्थानीय तहमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण