शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन हुन बाँकी चार प्रदेशमा मुख्य निर्वाचन कार्यालय सञ्चालनमा

शनिबार, ०६ जेठ २०७४, २१ : ०८
शनिबार, ०६ जेठ २०७४
काठमाडौँ, जेठ ६– दोस्रो चरणको स्थानीय तहको जेठ ३१ गते बुधबार हुने निर्वाचनका लागि शनिवारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्णरुपमा सञ्चालन भएका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिए । प्रदेश नं १, २, ५ र ७ गरी चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो । दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ वटा गाउँपालिका गरी ४६१ स्थानीय तहमा हुनेछ । यो निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीका लागि तालिम सञ्चालन गर्नेछन् । निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । कूल ४६१ स्थानीय तहमा हुने दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ वटा मतदान केन्द्र रहनेछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप