करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
शनिबार, ०६ जेठ २०७४, २१ : १०
इटहरी, जेठ ६– इटहरी उपमहानगरपालिका–५ जनता बस्तीमा रहेको बिग्रिएको विद्युत् पोलको तार मर्मत गर्ने क्रममा अकस्मात विद्युत् प्रवाह भई करेन्ट लाग्दा विद्युत् कर्मचारीको मृत्यु भएको छ ।
विद्युत् प्रसारण कार्यालय, इटहरीमा कार्यरत फोरमेन इटहरी–८ निवासी ४८ वर्षीय प्रकाश पौडेलको शरीरमा करेन्ट लागेर गम्भीर घाइते भएका कर्मचारी पौडेललाई उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको इप्रका, इटहरीले जानकारी दिएको छ ।
मृतक पौडेलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र सो घटनाका विषयमा प्रहरीले छानबिन थालेको बताएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण