जनमोर्चाले भन्यो– स्थानीय तहको संख्या बढाउन पाइँदैन
शनिबार, ०६ जेठ २०७४, २१ : २६
गाईमा मतदान गर्नु गलत
काठमाडौं, जेठ ६– राष्ट्रिय जनमोर्चाले स्थानीय तहको संख्या बढाउन कुरा स्वीकार नगर्ने बताएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिवार विज्ञप्ति जारी गरी स्थानीय तहको सख्या नबढाउन सरकारसँग् आग्रह गरेका छन् ।
‘सरकारले देशमा स्थानीय तहको निर्वाचनको प्रक्रिया चलिरहेकै अवस्थामा स्थानीय तहको संख्या बढाउन गरेको प्रयत्नलाई हामीले सही मान्दैनौं ।’– विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनको प्रक्रिया शुरु भएपछि मतदाताको नामावली थप्ने, मतदाताको मतदान केन्द्र परिवर्तन गर्ने, निर्वाचन क्षेत्रको सीमा वा मतदाता परिवर्तन गर्ने, कर्मचारीको सरुवा, बढुवा गर्ने, सरकारी र गैरसरकारी निकायहरुलाई समेत उक्त आचारसंहिताले प्रतिबन्ध गरेको जनमोर्चाले स्मरण गराएको छ ।
यस्तै, दोस्रो चरणको निर्वाचनअघि बजेट नल्याउन पनि जनमोर्चाले आग्रह गरेको छ । बजेटले निर्वाचनलाई प्रभाव पार्ने भन्दै बजेट नल्याउने जनमोर्चाले सरकारसँग आग्रह गरेको छ ।
जनमोर्चाले केही स्थानमा राप्रपासँग आफ्नो पार्टीका केहीले गरको तालमेललाई गलत भनेको छ । स्थानीय तहको निर्वाचनमा राप्रपासँग तालमेल वा एकता गर्ने नीति नभएको स्पष्ट गर्दै केसीले केही स्थानमा आफ्ना साथीहरुले एमालेले राप्रपासित तालमेल गरेकाले “गाई” चिन्हमा मतदान गरेको विषय पनि गलत भएको बताएका छन् ।
सरकारले गत बैशाख ४ गते कैलाली जिल्लाको टिकापुर लगायतका दोषीको मुद्दा फिर्ता लिने निर्णय पनि गलत भएको जनमोर्चाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण