सपथ नलिँदै नवनिर्वाचित सदस्यको मृत्यु
शनिबार, ०६ जेठ २०७४, २१ : ४७
रामेछाप, जेठ ६– रामेछापको लिखु गाउँपालिका–१ बाट स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य ठाकुरप्रसाद लामिछानेको मृत्यु भएको छ ।
वैशाख ३१ मा भएको निर्वाचनमार्फत नेकपा (एमाले)बाट उम्मेदवार भएर वडा नं १ को वडा सदस्यमा निर्वाचित ४५ वर्षीय लामिछानेको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
निर्वाचित पदाधिकारीहरुको विजय ¥याली भइरहेको समयमा अचानक ढल्न पुगेका लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएको लिखु गाउँपालिकाका नवनिर्वा्चित अध्यक्ष धु्रव श्रेष्ठले जानकारी दिए । लिखु गाउँपालिकाबाट निर्वाचित उम्मेदवारहरुको शपथ तथा प्रमाणपत्र ग्रहण कार्यक्रम आइतबारका लागि आह्वान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण