२६३ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?
शनिबार, ०६ जेठ २०७४, २२ : ०१
काठमाडौं, जेठ ६– पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाको स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । २ सय ८३ स्थानीय तहमध्ये २ सय ८० स्थानीय तहमा निर्वाचन भएको हो ।
ती मध्ये अहिलेसम्म २ सय ६३ स्थानीय तहको नतिजा आएको छ । चार महानगरसहित १७ स्थानीय तहको मतगणना जारी रहेको छ ।
अहिलेसम्मको परिणामअनुसार नेकपा एमाले पहिलो स्थानमा छ भने काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
एमालेले प्रमुख सहित ११० स्थानीय तहमा जित हासिल गरेको छ भने १२ स्थानमा अग्रता लिएको छ ।
काँग्रेस एक सय स्थानीय तहमा प्रमुखसहित विजयी भएको छ भने अब पाँच स्थानमा अगाडि देखिएको छ ।
नेकपा माओवादी केन्द्रले भने ४६ स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ ।
यस्तै, स्वतन्त्रसहित साना पार्टीहरुले ७ स्थानमा जित निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण