शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुर्यविनायक नगरपालिकामा एमाले विजयी

आइतबार, ०७ जेठ २०७४, ०७ : १०
आइतबार, ०७ जेठ २०७४
-हेमराज ढकाल जेठ ७,  भक्तपुर - गत बैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी छ । अब केही स्थानको मात्र मतपरिणाम आउन बाँकी छ । भक्तपुरको सुर्यविनायक नगरपालीकामा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । सुर्यविनायक नगरपालिका प्रमुखमा एमालेका बाबुदेव थापाले १२ हजार १ सय ३५ मत प्राप्त गरेर बिजयी भए । उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले १० हजार १ सय ७५ मत प्राप्त गरे । नगर उपप्रमुखमा एमालेकी जुना बस्नेत बिजयी भएकी छन् । बस्नेतले १२ हजार ८ सय ३२ मत पाइन भने कांग्रेसकी कल्पना राजथलाले ८ हजार ९ सय ७ मत पाएकी थिइन् । एमालेले सुर्यबिनायक नगरपालिका अन्तर्गतका १० वडा मध्य ७ वटा वडाध्यक्ष सहित पुरै प्यानल जितेको छ । जसमा क्रमश वडा नं १ सानुकाजी कायस्थ, ४ उत्तम थापा, ५ राजकुमार जोशी, ७ रबिन्द्र सापकोटा, ८ किरण थापा, ९ उपेन्द्र क्र सी र १० नम्बर वडामा शिवराम राउतले जितेका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट २ नम्बर वडामा कमल नथ आचार्य, ३ नम्बर वडामा शिवशरण खत्री र ६ नम्बर वडामा रामेश्वर धोजु निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप