एक मत बढी ल्याएर वडाध्यक्षमा विजयी
आइतबार, ०७ जेठ २०७४, ०८ : ०७
नुवाकोट - नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र०का उम्मेदवार धनबहादुर लामाले ६३८ मत प्राप्त गरेका थिए ।
एक मतको मात्र अन्तर भएपछि प्राप्त मतको प्रत्येक बुलेटिनको अङ्कलाई तीनपटकसम्म गणना गरे पनि सोहीअनुसारको नतिजा देखिएपछि परिणाम सार्वजनिक गरिएको छ ।
वडा सदस्य पदमा एमालेका उम्मेदवार सीता पाण्डे ६३७, दलित महिला सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार कालिकादेवी बर्देवा ५८०, खुला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विकास पाण्डे ६२५, एमालेका उम्मेदवार हरिकुमार गुरुवाचार्य ४९८ मत प्राप्त गरी निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण