शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते

आइतबार, ०७ जेठ २०७४, ०८ : ११
आइतबार, ०७ जेठ २०७४
सुरुङ्गा झापा - शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो । उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । चट्याङकै कारण सोही ठाउँ निवासी राधिका बानियाँका ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँकी श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते भएका छन् । उनीहरुको मेची अञ्चल अस्पताल, भद्रपुरमा उपचार भइरहेको जिप्रका, झापाले जनाएको छ । उता हल्दिबारी–४ निवासी ५५ वर्षीया नर्बदा पोख्रेल र गौरादह–२ निवासी १९ वर्षीय गोपाल तामाङ चट्याङ लागेर घाइते भएका छन् । चट्याङ लागेर बेहोस भएका तामाङको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ भने पोखे्रलको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिप्रका, झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप