सूर्यविनायक नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले विजयी
आइतबार, ०७ जेठ २०७४, ०८ : १८
भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी भएका छन् ।
आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएका हुन् ।
नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गरे ।
त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १० को वडाध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी भएका छन् । राउत एक हजार २० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गरे ।
त्यसैगरी एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरि कार्की विजयी भए ।
सूर्यविनायक नगरपालिकामा कुल १० वटा वडा रहेकामा सातवटा वडा एमालेले प्यानलसहित विजयी हासिल गरेको छ भने तीनवटा वडामा काँग्रेसले विजयी हासिल गरेको छ ।
मध्यपुरथिमि–६ मा काँग्रेसको प्यानल विजयी
मध्यपुरथिमि नगरपालिका वडा नं ६ को वडाध्यक्षसहित सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए ।
वडाध्यक्षमा काँग्रेसका उम्मेदवार इन्द्रबहादुर प्रजापति श्रेष्ठले एक हजार २१० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का दिलकृष्ण खाँस प्रजापतिले ५७४ मत प्राप्त गरे ।
काँग्रेसकै महिला सदस्य अरुण कारञ्जित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी भएका छन् ।
त्यसैगरी यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ८७० मतले अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेँ आठ हजार पाँच मतले पछाडि परेको छ ।
उपप्रमुखमा काँग्रेसकी अञ्जना मधिकर्मी सात हजार ९९५ मतले अग्रस्थानमा छन भने निकटतम प्रतिद्वन्द्वी केदार खड्का पाँच हजार ३३४ मतले पछाडि परेका छन् । मध्यपुरथिमिको वडा नं ७ को मतगणना जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण