शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री दाहाल किन जाँदैछन् जनकपुर ?

आइतबार, ०७ जेठ २०७४, ०८ : ५७
आइतबार, ०७ जेठ २०७४

जनकपुरधाम, जेठ ७ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जनकपुर जाने कार्यक्रम छ ।

मधेशबाट प्रकाशित हुने ब्रोडसिट पत्रिका जनकपुर टुडे को १८ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने समारोहमा सहभागी हुन प्रधानमन्त्री जनकपुर जान लागेका हुन् ।

रातोपाटी संवाददाताका अनुसार: -प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे जनकपुर आइपुग्नेछन् ।

-पार्टीका कार्यकर्तासँग प्रधानमन्त्रीले केही समय भेटघाट गर्नेछन् ।

-त्यसपछि जनकपुर उद्योग वाणिज्य संघमा आयोजना हुने वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन् ।

-ब्रोडसिटमा प्रकाशन थालेको 'जनकपुर टुडे'लाई औपचारिक रुपमा शुभारम्भ गरेपछि आइतबार (आज) नै प्रधानमन्त्री राजधानी फर्किनेछन् ।

कार्यक्रममा प्रधानमन्त्रीसँगै राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेता महेन्द्र राय यादव, नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंह र एमाले नेता शत्रुधन महतो लगायत नेताहरु सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप