सवारी दुर्घटनामा हालै निर्वाचित दुई जनप्रतिनिधि गम्भीर घाईते
आकाश तारा बयक
सुर्खेत, जेठ ६ – पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७, शान्तिबजारमा शनिबार मोटर साइकल र जीप एक आपसमा ठोक्किँदा दुई जना नव निर्वाचित जनप्रतिनिधि गम्भीर घाइते भएका छन् ।
भे ६प– १८०२ नम्वरको मोटरसाईकल र भे १ च– १७८० नम्वरको जीप एक आपसमा ठोकिँदा दुई जना नव निर्वाचित जन प्रतिनिधि गम्भिर घाईते भएका हुन् ।
घाईत हुनेमा पुञ्चपुरी नगरपालिकाबाट शुक्रबार निर्वाचित वडा अध्यक्ष रतन विसी र वडा सदस्य तुलबहादुर सहकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार घाईते वडा सदस्य सहकारीको दाहिने घुँडामुनिको खुट्टा छिनालिएको छ भने वडा अध्यक्ष विसीको खुट्टा भाँचिएको छ ।
दुबैलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजान प्रयास गरिएपनि साँझ परेकाले सम्भव नभएकाले स्थानीय नसिं∙ होममा उपचार भईरहेको छ । दुबै जना घाईतेको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न स्वाथ्यकर्मीले बताएका छन् । जीप चालक र जीपलाई नियन्त्रण लिईएको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
घाईते दुबै जना एमालेका तर्फबाटका जनप्रतिनिधि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण