शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

आइतबार, ०७ जेठ २०७४, १० : ३६
आइतबार, ०७ जेठ २०७४

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक ३० भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको डा दिलीप जोशीले जानकारी दिए ।

वैशाख महिनादेखि अस्पतालमा आउने बिरामीमध्ये अधिकांश झाडापखालाका बिरामी आउने गरेका छन्, उनले भने – “तीमध्ये बालबालिका बढी प्रभावित भएका छन्”, अस्वस्थ खानपान र दूषित खानेपानीका कारण झाडापखालाका बिरामी बढेको डा जोशीले बताए ।

यस्तै पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा पनि गएको वैशाख महिनादेखि झाडापखालाका बिरामी बढेको डा नवीन्द्र ढकालले जानकारी दिए । जिल्लाको न्वालीलगायतका क्षेत्रमा झाडापखाला देखिएको छ ।

यसैबीच गर्मीयाममा विभिन्न किसिमका सरुवा रोग लाग्ने भएकाले सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । बैतडीमा अहिले झाडापखालाका बिरामीको सङ्ख्या बढेकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।

झाडापखाला, आउँ, हैजाजस्ता सरुवा रोग सरसफाइको कमीले लाग्ने भएकाले सबैले सरसफाइमा ध्यान दिन उनले आग्रह गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप