लमजुङको ८ स्थानीय तहमा कुन दल कहाँबाट विजयी ?
समुन्द्रा घिमिरे
लमजुङ, जेठ ७– लमजुङमा रहेका ८ स्थानीय तह सबैमा मतगणना सम्पन्न भएको छ । मतपरिणाम अनुसार नेकपा एमालेले सबैभन्दा बढी ५ स्थान, नेपाली काँग्रेसले २ स्थान र माओवादी केन्द्रले एउटा स्थानमा प्रमुख पदमा जित हाँसिल गरेका छन ।
यस्तै एमालेबाट चार, काँग्रेसबाट तीन र माओवादीले एक स्थानमा उपप्रमुखमा जित हाँसिल गरेको छ । कुल ७५ वडामध्ये काँग्रेसले ३५, एमालेले ३४ र माओवादी केन्द्रले ६ वटामा अध्यक्ष जितेका छन ।
जिल्लामा सर्वाधिक चासोको रुपमा हेरिएको बेंसीसहर नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमाले उपाध्यक्ष रहेका गुमानसिंह अर्याल मेयर र सचिवालय सदस्य लक्ष्मी अधिकारी उपमेयरमा निर्वाचित भएकी छन् ।
यस्तै सुन्दरबजार नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार जनकराज मिश्र निर्वाचित भएका छन् । उपमेयरमा कांग्रेसकी ज्ञानु शाह निर्वाचित भएकी छिन् ।
यस्तै क्व्होलासोंथर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार प्रेमबहादुर घले क्व्होलासोंथर गाउँपालिकाको प्रमुखमा निर्वाचित भए । उपप्रमुखमा ३ हजार ३ सय ११ मत ल्याएर कुमारीमुनी गुरुङ निर्वाचित भएकी छन् ।
दुधपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेस विजयी भएको छ । अध्यक्षमा छुपीमाया गुरुङ र उपाध्यक्षमा कमलप्रसाद धिताल विजयी भएका छन् ।
यस्तै दोर्दी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका ओमबहादुर गुरुङ विजयी भएका छन् । उपाध्यक्षमा एमालेका दिलबहादुर घले निर्वाचित भएका छन् ।
यस्तै मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् भने उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । यस्तै मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका होमबहादुर विश्वकर्मा विजयी भएका हुन् ।
यसैगरि राइनास नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेसले विजयी हाँसिल गरेका छन् । एमालेका उम्मेदवार सिंहबहादुर थापा मेयर र काँग्रेसबाट धनकुमारी गुरुङ उपमेयरमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण