शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीमा प्रहरी जवानले म्यादी प्रहरीलाई कुटपिट गरेपछि...

आइतबार, ०७ जेठ २०७४, ११ : ३१
आइतबार, ०७ जेठ २०७४
परासी, जेठ ७– नवलपरासीमा एक प्रहरी जवानले एक म्यादी प्रहरीलाई कुटपीट गरेका छन् । जिल्लाको महेपुर नाका स्थित सीमा सुरक्षा प्रहरी कार्यालय महेसपुरमा कार्यरत प्रहरी जवान लक्ष्मण श्रेष्ठले पाल्हीनन्द गाउँपालिका १ स्थित बेलासपुरका म्यादी प्रहरी सद्दाम अली हजामलाई बिनाकारण लठ्ठीले पिटेको पिडित हजामले बताए । शनिवार दिउँसो १२ बजे प्रहरी परिसरमै प्रहरी जवान श्रेष्ठले म्यादी प्रहरी हजामलाई, किन १५ मिनट ढिलो कार्यालयमा आईस् भन्दै कुटेको बताए । शनिवार राती श्रेष्ठ र पिडित हजामबीच सामान्य विवाद भएको र सोहि निहुँमा शनिबार कुटपीट गरेको बताइएको छ । पिडितले दोषिलाई कारवाहीको माग गर्दै माग गरेका छन् भने प्रहरी कार्यालयले दोषिलाई विभागिय कारवाही गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप