शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कान्सः ऐश्वर्याले तोडिन् नियम, रेड कार्पेटमा रातो पहिरनको धमाका (हेर्नुहोस् १२ तस्बिर)

आइतबार, ०७ जेठ २०७४, ११ : ३८
आइतबार, ०७ जेठ २०७४

एजेन्सी

जेठ ७ – ७० औं कान्स फिल्म फेस्टिबलको चौथो दिन ऐश्वर्या राय राल्फ एण्ड रसोको रातो रंगको गाउन लगाएर रेड कार्पेटमा उपस्थित भइन् । रेड कार्पेटमा सेलिब्रिटीले रातो रङको पहिरन लगाउन वर्जित गर्ने गरेको बुझिन्छ । तर ऐश्वर्याले कुनै नियमको पर्वाह नगरी रेड कार्पेटमा रातो रङको पहिरन लगाएर सबैलाई चकित बनाइदिइन् ।

– ऐश्वर्याले आफ्नो कपालालाई बाक्लो देखाएकी थिइन् । यस्तै, गाउनसँग उनले रुबी राखिएको हिराको झुम्का लगाएकी थिइन् ।

– उनले गाउनसँग मेल खाने गहिरो रातो रङको लिपिस्टिक लगाएकी थिइन् र आँखाको सुन्दरता बढाउनका लागि कृत्रिम परेलाको प्रयोग गरेकी थिइन् ।

– स्मरण रहोस्, फेस्टिबलमा ऐश्वर्या लरियल पेरिसको प्रतिनिधित्व गरिरहेकी छिन् र शनिबार उनको यो वर्षको दोस्रो उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप