शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नाटक निर्देशक यात्रीलाई अमेरिकामा दुई सम्मान

आइतबार, ०७ जेठ २०७४, ११ : ३६
आइतबार, ०७ जेठ २०७४
अमेरिका, जेठ ७ – नाटक निर्देशक कृष्ण शाह यात्रीलाई अमेरिकामा दुई सम्मान साहित्यिक एवं नाट्य सम्मान मिलेको छ । नाटक, रंगमञ्च एवं साहित्यको क्षेत्रमा यात्रीको योगदानलाई कदर गर्दै अमेरिकामा सक्रिय रहेका दुई फरक संस्थाहरुले उनलाई सम्मान गरेका हुन् । ‘अन्तरराष्ट्रिय नेपाली साहित्य समाज’, बोस्टन च्याप्टरले वेस्ट रक्सवरीमा आयोजित एक कार्यक्रममा यात्रीलाई सम्मान गरेको हो । च्याप्टरका अध्यक्ष साहित्यकार लालगोपाल सुवेदी र अनेसासका केन्द्रीय महासचिव गोवद्र्धन पूजाले यात्रीलाई सम्मानपत्र प्रदान गरेका हुन् । लगभग तीन दशकदेखि नेपाली नाट्य लेखन, निर्देशन, अभिनय, नाट्य खोज अनुसन्धान, समालोचना एवं बालसाहित्यको क्षेत्रमा यात्रीले दिएको गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कुरा सम्मान पत्रमा उल्लेख गरिएको छ । यसैगरी ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’ले बोस्टनको एभरेटस्थित आफ्नो प्रेक्षालयमा एक समारोह बीच यात्रीलाई सम्मानपत्र प्रदान गरेको हो । ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’का अध्यक्ष श्याम नेपाली र कार्यक्रम संयोजक सुरेश वाग्लेले यात्रीलाई सम्मानपत्र प्रदान गरेका हुन् । यात्रीका ६ नाटकसंग्रह सहित चार दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । – अमेरिकामा रहेका सक्रिय एवं गरिमामय संस्थाहरुबाट यसरी सम्मानित हुन पाउँदा यस क्षेत्रमा अझ नयाँ कार्य गर्ने उर्जा थपिएको यात्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप