शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय निर्वाचन नतिजा अन्तिम चरणमा : ९४९ जना पुरुष निर्वाचित हुँदा महिला भने ३३९ जनामात्रै

आइतबार, ०७ जेठ २०७४, १२ : ३५
आइतबार, ०७ जेठ २०७४

काठमाडौ, जेठ ७ – बैशाख ३१ मा भएको तीन प्रदेशका ३४ जिल्लाको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनको २६२ तहको प्रमुख उपप्रमुखसहित वडाअध्यक्ष र सदस्यहरुको नतिजा आइसकेको छ भने बाँकी २१ तहको आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको २६२ तहका प्रमुख तथा उपप्रमुखमा एमालेले अग्रता कायम गरेको छ । प्राप्त नतिजामा आईतबारसम्म एमालेले ११२, नेपाली कांग्रेसले १०० र माओवादी केन्द्रले ४६ वटा स्थानीय तहको प्रमुख पद जित्न सफल भएका छन् । त्यस्तै राप्रपा, जनमोर्चा र स्वतन्त्रले सातवटा प्रमुख पद जोगाएका छन् । सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउँने र जनतालाई अधकारसम्पन्न बनाउने उदेश्यले गरिएको निर्वाचनमा पहिलो चरणको निर्वाचनमा एमालेले नगरपालिकाको प्रमुख र उप्रमुख मात्र हैन वडाअध्यक्ष पद पनि बढि नै जितेको छ । एमालेले ११६ उपाध्यक्ष पदमा विजय हासिल गर्दा नेपाली कांग्रेसले ७७ वटामामात्र जित्न सफल भएको छ । त्यस्तै माओवादीले ४७ वटा उपप्रमुख जित्न सफल भएको छ । उपप्रमुखतर्फ राप्रपाले ५, राष्ट्रिय जनमोर्चाले २, स्वतन्त्रले ४ र मजदुरकिसान पार्टीले १ पद अहिलेसम्म जितेका छन् । स्थानीय तहको प्रमुख पछिको महत्वपुर्ण पद वडाध्यक्षमा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमालेले अहिलेसम्म २२१ वटा वडाअध्यक्षमा कव्जा जमाएको छ भने कांग्रेसले १८१ र माओवादी केन्द्रले १०७ वटा वडामा विजयहासिल गरेको छ । त्यसैगरी राप्रपाले ११, स्वतन्त्रले ५, नयाँशक्ति फोरमले ३, राष्ट्रिय जनमोर्चा २ र नेमकिपाले १ वडा जितेका छन् । निर्वाचित जनप्रतिनिधिमध्ये लैगिक आधारमा हेर्दा ९४९ जना पुरुष निर्वाचित बन्दा महिला भने ३३९ जनामात्रै अर्थात एक तिहाइमात्रै निर्वाचित भएका छन् । दलहरुले निर्वाचनमा पुरुषको तुलनामा महिलाहरुलाई कम संख्यामा उम्मेदवार बनाएकाले पनि उनीहरु कम भएका हुन् । पहिलो चरणको निर्वाचनमार्फत तीनवटा प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप