शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उपेन्दले फैलाए सहयोगको हातः दोस्रो निर्वाचनमा मधेसमा साझा उम्मेदवारको प्रस्ताव

आइतबार, ०७ जेठ २०७४, १२ : ४१
आइतबार, ०७ जेठ २०७४
धनुषा, जेठ ७ – संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तराई÷मधेशका दलहरुबाट मधेसमा साझा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्त गर्न पनि मधेशी मोर्चा एकतावद्ध भएर दोस्रो चरणको निर्वाचनमा जानुपर्ने आवश्यमता रहेको बताए । आईताबार जनकपुरमा स्थानीय संचारकर्मीसँग कुरा गर्दै उनले मधेश विरोधी शक्तिलाई पराजित गर्न पनि मधेश केन्द्रित दलहरुले स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार बनाउनुपर्ने स्पष्ट पारे । अध्यक्ष यादवले सबै मधेशवादी दलहरु स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गरे । ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न पनि स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्नेहुन्छ स्थानीय तहको निर्वाचनलाई मधेशको अधिकार प्राप्तीको आन्दोलनको कडीका रुपमा हामीले लिएका छौ ।’ अध्यक्ष यादवको भनाइ थियो । अध्यक्ष यादवले मधेश केन्द्रित दलहरु सशक्त नभए मधेशको माग सम्बोधन नहुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप