सर्वदलीय बैठकमा सहमति जुटेन, पोखरा महानगरको मतगणना अन्यौलमा
कास्की, जेठ ७ – पोखरा–लेखनाथ महानगरपालिकामा फर्जि मत भेटिएपछि स्थगित भएको मत गणना सुचारु गर्न आज बसेको सर्वदलिय बैठक विना निश्कर्ष सकिएको छ । महानगरको १७ नम्बर वडाको मत गणना गर्दा फर्जी मत भेटिएको भन्दै विवाद भएपछि शनिबारबाट स्थगित मतगणना सुचारु गर्न आइतबार सर्वदलिय बैठक बसेको थियो । झण्डै डेढ घण्टा बसेको सर्वदलिय बैठकमा दलहरुले आ–आफ्ना अडान नछाडेपछि सहमति नजुटेको हो । सहमति नजुटेपछि घट्नाबारे निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको छ । शनिबार मतगणनाका क्रममा सूर्य चिन्हमा स्वस्तिक छाप ठुलो आकारको भेटिएको भन्दै माओवादी–काँग्रेस गठबन्धनले विरोध जनाएपछि मतगणना स्थगित गरिएको थियो । ३३ वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकाको १५ वटा वडाको मत गणना भैसकेको छ । जसमा कांग्रेसले आठ र एमालेले सात वटा वडाअध्यक्ष जितेका छन् । अझै १७ वटा वडाको मत गणना बाकी छ । १५ वडाको मत गनिसक्दा पोखरालेखनाथमा मेयरमा एमालेका मानबहादुर जिसीले अग्रता लिँदै आएका छन् । जिसीले २० हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका रामजी कुवँरले १८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण