र्याम्बोको फर्स्ट लुक जारी, धमाकेदार एक्सनको फोटो, रिसमा टाइगर श्रोफ
आइतबार, ०७ जेठ २०७४, १३ : ३५
हिन्दुस्तान टाइम्स
जेठ ७ – टाइगर श्रोफ चाँडै नै हलिउडको एक्सन फिल्म ‘र्याम्बो’ को रिमेकमा देखिने भएका छन् । यो फिल्मको पहिलो लुक सार्वजनिक भएको छ । ट्रेड एनलिष्ट तरण आदर्शले आफ्नो ट्वीटमार्फत टाइगर श्रोफको फिल्म ‘र्याम्बो’ को फर्स्ट लुक रिलिज गरेका छन् । साथै टाइगर आफैंले पनि फिल्मको पोष्टरलाई ट्वीटरमा पोष्ट गरेका छन् ।
यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने भएका छन् । फिल्म र्याम्बोको यो तस्बिरमा टाइगर श्रोफ निकै रिसाएका देख्न सकिन्छ ।
फिल्मको पुर्ननिर्माण गर्ने खबरमा हलिउड स्टार स्टालोनले ट्वीटरमा लेखेका छन्, ‘भारतमा र्याम्बोको पुर्ननिर्माण गर्न लागेको कुरा भर्खरै सुने । धेरै राम्रो पात्र । आशा गरौं उहाँहरुले यसलाई भत्काउनु हुन्न ।’
टाइगरले उनको ट्वीटलाई सम्बोधन गर्दै लेखे, ‘तपाईंले बनाइदिनुभएको बाटोमा यात्रामा गर्न पाउँदा निकै भाग्यमानी महसुस गरेका छौं । मैले तपाईंको आशा पुर्याउन सकूँ सर ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण