चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
काठमाडौँ, ७ जेठ । चन्द्रागिरि नगरपालिका– १२ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
काँग्रेसका प्रकाश श्रेष्ठले एक हजार १८८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण श्रेष्ठले ८०५ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा द्रौपदी अधिकारी, अस्मिता बयलकोटी, प्रदीप अधिकारी र भीमलाल महर्जन विजयी भएका छन् ।
नगर प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले १२ हजार ६०९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले नौ हजार ७१६ मत प्राप्त गरेका छन् ।
हालसम्म उपप्रमुखका उम्मेदवार एमालेका लीसा नकर्मीले ११ हजार १०३ र काँग्रेसका इन्द्रावती श्रेष्ठले १० हजार ६०९ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए । कुल १५ वडा रहेको नगरपालिकामा ३८ हजार ८७२ मतदाता रहेकामा ३१ हजार ९२० मत खसेको थियो । वडा नं १४ र १५ को गणना जारी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण