सरोज, किरण र सरिका लगायत कलाकार लाई नेपाल हार्मोनी अवार्ड
आइतबार, ०७ जेठ २०७४, १४ : ०१
काठमाडौें, जेठ ७ – कलाकार सरोज खनाल, हाँस्य कलाकार किरण केसी, नायिका सारिका घिमिरे, सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेल ‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’बाट सम्मानित भएका छन् ।
राजधानीको होटल अन्नपूर्णमा शनिबार साँझ नेशनल इस्टिच्युट फर एजुकेशन भारत र एसिएस मिडिया कर्पोरेसनले सयुक्त आयोजना गरेको कार्यक्रममा यि कलाकर्मीलाई यो सम्मान दिइएको हो ।
कार्यक्रममा वरिष्ठ व्युटिसियन भारती तनेजा, ज्योतिष जय मदान लगायतका समेत सम्मानित भए । पशुपतीनाथका मुख्य पुजारी रावल श्री गणेश मुल भट् र नेपाल केशरी डा. श्रीमनी भद्र मुनीजी महाराज अतिथिका रुपमा रहेको कार्यक्रम नेपाल भारत संस्कृतिलाई निकट एवं दुवै देशका नागरिकहरु विच आत्मीयता, सद्भाव कायम राख्न आयोजना गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण