वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु
वालिङ, ७ जेठ । वालिङ नगरपालिका– १४ मा आज बिहान जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ – १४ बस्ने २५ वर्षीया सानु खाँडको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका– १४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ– १४ बस्ने १५ वर्षीया निशा खवास र चापाकोट नगरपालिका– ४ बस्ने १५ वर्षीया पूजासिंह ठकुरीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटनामा सामान्य घाइते वालिङ– १४ बस्ने ३१ वर्षीया सुशीला थापा, ३६वर्षीया सरस्वती एस्के, २१ वर्षीय कुुलबहादुर कुँवर र ३५ वर्षीय चालक कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने १८ वर्षीय जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । राति परेको पानीका कारण चिप्लो कच्ची सडकमा जिप चिप्लिएर झन्डै २५ मि तल खसेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण