दुई महिलाले बाटामा दुई लाख भेटेपछि...
शनिबार, २० जेठ २०७४, ०९ : ५६
पोखरा, २० जेठ - यही जेठ १० गते पोखरा–लेखनाथ महानगरपालिका–४ पन्थी गल्लीमा भेट्टाइएको दुई लाख शुक्रबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
ठगी, चोरी, डकैती र लुटपाट गरी अर्काको पैसा लिने प्रवृत्ति दिनहुँजसो बढ्दै गएको यस जमानामा इमान जमान पनि कहीँकतै रहँदो रहेछ भन्ने उदाहरण तारा लुइँटेल र गीता अधिकारीले देखाए ।
उनीहरुले पैसा भेट्टाएपछि पोखराको एक विद्युतीय सञ्चारमाध्यमलाई खबर गरेका थिए । सञ्चारमाध्यमबाट पैसा भेट्टिएको खबर पाएपछि बैंकबाट पैसा झिकेर घरतर्फ जाँदा बाटामा खसाल्नुभएका कास्की, माछापुच्र्छे गाउँपालिका–४ का हरि रानाभाट जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
रानाभाटले बैंकबाट झिकेको प्रमाण र उनकै पैसा भएको पुष्टिपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीको रोहबरमा लुइँटेल र अधिकारीले पैसाधनी रानाभाटलाई दुई लाख हस्तान्तरण गरे।
आफ्नो गुमेको पैसा पाएपछि रानाभाट निकै हर्षित भए र ती दुई इमान्दारलाई एक एक थान नयाँ घडी उपहार दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास रोक्ने वन ऐन सच्याउन इप्पान अध्यक्ष डाँगीको माग
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण