भरतपुर– १९ मा काँग्रेस–माओवादीले एक अर्कालाई सघाउने
चितवन, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले सघाउने सहमति भएको छ ।
दुई दलको आज बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वाधिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए ।
सो वडामा काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहेका छन् । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ ।
गत आइतबार राति मतगणनास्थलमा गणना हँुदै गर्दा ९० मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगन भएको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ‘ख’ बमोजिक मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ ।
आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हँुदै गर्दा मतपत्र च्यातिएको हो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।
दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा९एमाले०का तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको छ । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण