क्यासिनोमा हमला गरेर ३६ जनाको ज्यान लिने व्यक्ति आतंककारी नभई ऋणमा डुबेका जुवाडे
हिन्दुस्तान टाइम्स
जेठ २१ – फिलिपिन्सको राजधानीमा अवस्थित क्यासिनोमा ओगो लगाएर ३७ जनाको हत्या गर्ने व्यक्ति जुवाका कारण नमज्जाले ऋणमा डुबेका तीन सन्तानका बुवा भएको पुलिसले जानकारी दिएको छ ।
‘हामी दोहोराउन चाहन्छौं कि उक्त घटना आतंककारी होइन । यो एक व्यक्तिको आक्रमण हो,’ मनिला पुलिसका प्रमुख अल्बाएल्डेले आरोपीको परिचय खुलेपछि पत्रकारलाई जानकारी दिए ।
अल्बाएल्डेका अनुसार आरोपी ४३ वर्षीय जेसी कार्लोस हुन् । उनी गत अप्रिलदेखि मनिलाका सबै क्यासिनोमा प्रतिबन्धित तीन सन्तानका पिता हुन् । उनलाई जुवाको लतले नराम्रोसँग गाँजेका कारण उनका परिवारको विशेष अनुरोधपश्चात् उनलाई क्यासिनोमा प्रतिबन्ध गरिएको हो ।
‘क्यासिनोको जुवाका कारण उनी ऋणमा चुर्लम्मै डुबेका छन् जसका कारण उनको परिवार र श्रीमतीसँग उनको सम्बन्ध राम्रो थिएन,’ अल्बाएल्डेले बताए ।
मास्क लगाएका उनले रिसोर्ट वर्ल्ड क्यासिनो र मनिलास्थित होटल कम्प्लेक्समा गत शुक्रबार एमफोर अटोमेटिक राइफल र एक बोतल पेट्रोलसहित प्रवेश गरेका थिए । उनले कम्प्लेक्सका विभिन्न कोठामा आगो पनि लगाइदिएका छन् ।
उक्त आगलागीमा ३७ जनाको मृत्यु भएको छ भने भाग्ने कोसिस गर्दा दर्जनौं घाइते भएका छन् । आरोपीलाई पाँच घण्टापश्चात् होटलको रुममा मृत भेटियो । पुलिसका अनुसार उनले आगो लगाएर आत्महत्या गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण