वैदेशिक लगानीका उद्योग राष्ट्रियकरण नहुनेः मन्त्री जोशी
आइतबार, २१ जेठ २०७४, १४ : ५८
काठमाडौ, जेठ २१ – सरकारले वैदेशिक लगानीमा संचालित उद्योगलाई राष्ट्रियकरण नगर्ने भएको छ ।
सरकारले उद्योगमा लगानी गर्ने वैदेशिक लगानीकर्ताहरुलाई नेपाली नागरिक सरह सेवा र सुविधा दिने कानुनी व्यवस्था गर्ने तयारी पनि गरेको छ । सरकारले संसदमा पेश गरेको ‘वैदेशिक लगानीसम्बन्धि ऐन, २०७४’ मा स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई समान सेवा, सुविधा र अवसर दिने उल्लेख गरिएको हो ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले आईतबार पत्रकार सम्मेलनमार्फत् ऐनबारे जानकारी गराउँदै विदेशी लगानीकर्ता र नेपाली लगानीकर्ताबीच समान व्यवहार गर्ने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पारेका हुन् । सरकारले ल्याएको ऐनमा वैदेशिक लगानीमा संचालित उद्योगमा विदेशका विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारी राख्न पाउने पनि उल्लेख गरिएको छ ।
सरकारले वैदेशिक लगानीको कामलाई एकल विन्दु सेवा केन्द्रमार्फत् भित्रयाउने सकिने व्यवस्था गर्ने पनि जनाएको छ ।
लगानी तथा आर्जित रकम वैदेशिक लगानीकर्ताहरुले फिर्ता लैजान पाउने व्यवस्था पनि ऐनमै गरिएको छ । ऐनले विदेशी लगानीकर्ताहरुलाई विदेशी मुद्राको कारोबार गर्ने छुट पनि दिएको छ । द्योग मन्त्रालयले नेपालमा वैदेशिक लगानी भित्रयाउने नीतिगत, संस्थागत र संरचनागत आधार तयार भईसकेको दावी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण