देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने राप्रपाको निर्णय
काठमाडौं, जेठ २१–राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
देउवालाई समर्थन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र तीब्र मतभेद रहँदै आएको सन्दर्भमा अन्तिम समयमा आएर समर्थन गर्ने निर्णय भएको हो ।
संसदमा राप्रपाको ३७ सिट रहेको छ।
देउवासँग वार्ता गर्न राप्रपाले खटायो तीन नेता यसैबीच राप्रपाले सरकारमा जाने विषयमा छलफल गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा महामन्त्री जयन्त चन्द, नेता दिलनाथ गिरी र प्रमुख सचेतक कुन्ती कुमारी शाही रहेका छन् । सो समितिले देउवासँग मन्त्रालय बाँडबाँडलगायतका विषयमा छलफल गरी टुंगो लगाउने छ ।
राप्रपाले पार्टी संसदको चौथो शक्तिको हैसियतामा रहेकाले ४ मन्त्रालय पाउनु पर्ने माग राखेको छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि ४ ओटा मन्त्रालय पाएकाले त्यही हैसियत पाउनु पर्ने आफूहरुको माग रहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार प्रचण्ड सरकारमा मन्त्री बनेका नेताहरु नै फेरि मन्त्री बन्ने गरी पार्टीभित्र लगभग समझदारी भइसकेको छ । प्रचण्ड सरकारमा कमल थापासहित, विक्रम पाण्डे, दीपक बोहरा, दीलनाथ गिरी मन्त्री रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण