शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एलिकाका सामाग्री सार्वजनिक

आइतबार, २१ जेठ २०७४, १५ : ३१
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१–सिजीको सहायक कम्पनीका रुपमा रहेको इओएल प्रालिले स्वस्थकर, सफा र सुरक्षित भान्साका लागि एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ । युरोपिन प्रविधि अनुरुप निर्माण गरिएका एलिका चिम्नी हुडहरु प्राविधिक रुपमा पूर्ण र कार्य र डिजाइनमा एक अर्काका पर्यायवाची नै बनेको कम्पनीले जनाएको छ । भर्खरै सार्वजनिक गरिएका चिम्नी हुड हेर्दा नरम र चम्किलोका साथै आकर्षक आकारमा शिशा र खिया नलाग्ने स्टीलद्वारा निर्माण गरिएको छ । यी हुडमा टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडान गरिएको छ । १०१०—१२९० घनमिटर प्रति घण्टाका दरले धुवा तान्न सक्ने भएकाले यसले सबै प्रकारका खाना पकाउँदा भान्सालाई धँुवा रहित समेत बनाउँने कम्पनीको दावी छ । चिम्नीमा प्रयोग गरिएको इटालियन शक्तिशाली मोटरका कारण यसले कम विद्युतमा धेरै धुवा तान्न सक्ने जनाइएको छ । केही चिम्नी टच कन्ट्रोल र केही पुश कन्ट्रोल प्रविधिका छन् । वातावरणमैत्री चिम्नीमा ४० वाट विद्युत खपत गर्ने ठाउँमा २ वाट विद्युत खपत गर्ने विद्युतीय ल्याम्प जडान भएको जनाइएको छ । करिब ९६ प्रतिशत विद्युत बचत गर्ने, हुडमा जडान गरिएको शक्तिशाली इटालियन मोटरले कम आवाज दिनुका साथै यसको १५ वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ । इडीएस (एलिका डीप साइलेन्स) प्रविधि अर्थात अन्य मोटरको तुलनामा ३० प्रतिशत कम आवाज आउने र ३६०० टोरनाडिक सक्सन (चुस्ने)क्षमता भएको यो बजारमा उपलब्ध भएको एक मात्र ब्रान्ड रहेको जनाइएको छ । यस चिम्नीलाई सजिलै सफा गर्न सकिने गरी निर्माण गरिएको र ग्राहकको आवश्यकता अनुसार चिम्नी ६० देखि ९० सेमी सम्मको आकारमा पच्चीस हजार ७ सय ८० देखि ५७ हजार ४ सय २० रुपैयाँ सम्ममा उपलब्ध रहेको जनायएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप