सेयर बजार दोहोरो अंकले घट्यो
आइतबार, २१ जेठ २०७४, १५ : ४०
काठमाडौं, जेठ २१–साताको पहिलो दिन आईतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १० दशमलव ५० अंकले घटेर एक हजार ५ सय ९३ दशमलव ८१ अंकमा ओर्लिएर अडिएको छ ।
आज एक सय ४१ कम्पनीको ९ लाख ५० हजार ४ सय ७३ कित्ता सेयर खरिद विक्रि भएको बजारमा ५५ करोड ६७ लाख ३६ हजार एक सय ६५ रुपैयाँको कारोवार भएको छ । आज अन्य समूहको सूचक झिनो अंकले वढेपनि अरु सवै समूहका सूचक रातो भएका छन् ।
आज बजारमा बैंकिङ समूहको सूचक ९ दशमलव १९ अंकले घटेको छ भने होटल समूहको सूचक १५ दशमलव ५५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूहको सूचक ७ दशमलव ६९ अंकले घटेको छ भने जलविद्युत समूहको सूचक ३० दशमलव ६९ अंकले घटेको छ । यस्तै, फाइनान्स समूहको सूचक १ दशमलव ०९, बीमा समूहको सूचक ९५ दशमलव ०६ र उत्पादनमुलक समूहको सूचक १३ दशमलव १ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अन्य समूहको सूचक भने ० दशमलव ८६ अंकले वढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण