चलचित्र ‘तारेभीर’ आउँदै
आइतबार, २१ जेठ २०७४, १५ : ४४
काठमाडौं निर्माता तथा कलाकार देउकृष्ण देवानले फिल्म ‘तारेभीर’ सम्पूर्ण दर्शकमाझ ल्याएका छन् । देवानको फिल्म आउँदो असार २ गते रिलिज हुँदैछ ।
फिल्मलाई पाका थिएटर कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक सुब्बाको आफ्नै रहेको छ । नेक्स्ट जेनेरेशनको ब्यानरमा फिल्मलाई देउकृष्ण देवानले निर्माण गरेका हुन् । फिल्ममा बिष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण देवान, मञ्जु श्रेष्ठलगायत मूख्य भूमिकामा रहेका छन् ।
फिल्मको गीत संगीतलाई प्रकाश गुरुङ, सनुप पौडेल, ब्रविम शेर्मा र जेपि नेम्वाङले संगीतबाद्ध गरेका छन् । त्यस्तै, फिल्ममा जनक गुरुङको द्वन्द्व गोबिन्द राई र दिनेश माङुगमुको नृत्य निर्देशन रहेको छ ।
निर्माता देवानले फिल्मको बारेमा बोल्दै भने, ‘तारेभीर राष्ट्रिय भावनाले ओतप्रोत फिल्म हो । फिल्मले नेपाल प्रहरी प्रशासनको सकारात्मक पक्षलाई लेडिज प्रहरीमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण