काठमाडौं छिट्टै धुवा र धुलोमुक्त हुन्छ : विद्यासुन्दर
आइतबार, २१ जेठ २०७४, १५ : ४६
काठमााडौं, जेठ २१– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई छिट्टै धुवा÷धुलोमुक्त सहर बनाउने प्रतिवद्धता जनाएका छन् । मेयर शाक्यले महानगरबासीले धुवा÷धुलो र प्रदुषणमुक्त सहर बनाउने जिम्मेवारी आफूलाई दिएको भन्दै त्यो काम पुरा गर्ने बताएका हुन् ।
विश्व वातावरण दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘फोहोरमैला व्यवस्थापन र वातावरणसम्बन्धि’ चेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले सबै राजनीतिक दलहरुले निर्वाचनको बेला जनतामाझ गरेको प्रतिवद्धता अनुसार काठमाडौंलाई धुवा÷धुलो र प्रदुषणरहित सहर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । उनले सबै राजनीतिक दलहरुको सहकार्यमा काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर, हराभरा र समृद्ध सहर बनाउन आफू लागि पर्ने प्रतिवद्धता समेत जनाए ।
काठमाडौं महानगरपालिकाले धुवा÷धुलोरहित सहर बनाउने तीन महिने कार्ययोजना नै तयार पारिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण