शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओखलढुंगामा मतदाता र निर्वाचन केन्द्र कहाँ कति ?

आइतबार, २१ जेठ २०७४, १५ : ४८
आइतबार, २१ जेठ २०७४
ओखलढुंगा, जेठ २१ –जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ९१ हजार ५ सय ८ जना मतदाता सहभागी हुदैछन् । एक नगरपालिकासहित ७ गाउँपालिका रहेको ओखलढुंंगामा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा १६ हजार १ सय ८२ जना मतदाता छन् । त्यस्तै दोस्रोमा मानेभञ्ज्याङ गाउँपालिकामा १२ हजार २५,सुनकोशी गाउँपालिकामा ११ हजार ८ सय ६५ र चम्पादेबि गाउपालिकामा ११ हजार ५ सय ३१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । यस्तै लिखु गाउँपालिकामा १० हजार ५ सय ९६,मोलुङ गाउँपालिकामा १० हजार १ सय ८१,खिजिदेम्बा गाउँपालिकामा ९ हजार ५ सय ८१ र चिशंखुगढी गाउँपालिकामा ९ हजार ५ सय ४७ जना मतदाता रहेको निर्वाचन अधिकारी अर्जुन राईले बताए । जिल्लामा आगामी निर्वाचनका क्रममा ७८ स्थानको १ सय २७ मतदान केन्द्रबाट मतदान हुदैछ । जसमा सबै भन्दा धेरै सिद्धिचरण नगरपालिकामा २३, सुनकोशी गाउपालिकामा १७ र मानेभञ्ज्याङ गाउपालिकामा १६ स्थिानबाट मतदान हुदैछ । त्यस्तै चम्पादेबी र चिशंखुगढी गाउपालिकामा १५ –पन्द्र र मोलुङ्ग तथा लिखु गाउपालिमा १४–चौध स्थानमा मतदान हुनेछ । यस्तै खिजिदेम्बा गाउपालिकाको भने १३ स्थिानबाट मतदान हुने निर्वाचन कार्यलयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप