शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लामा नयाँ शक्तिका उम्मेदवार तय

आइतबार, २१ जेठ २०७४, १६ : ०४
आइतबार, २१ जेठ २०७४
जेठ २१, काठमाडौं नयाँ शक्ति पार्टीले स्थानीय तह दोस्रो चरणको चुनावका लागि ईलाम जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा उम्मेदवार छानेकोे छ । जिल्लाका देउमाई नगरपालिका सहित चुलाचुली, रोङ र फाकफोकथुम गाउँपालिकामा उम्मेदवार छानिसकेको ईलाम जिल्ला संयोजक डिल्ली चेम्जोङले जानकारी दिए । चेम्जोङका अनुसार देउमाई नगरपालिकामा प्रेम राईलाई मेयर उम्मेद्वारका रूपमा अघि सारेको छ । त्यस्तै चुलाचुली गाउँपालिका अध्यक्षमा कुमार वि.क, रोङ गाउँपालिका अध्यक्षमा केशव लुइटेल र फाकफोकथुम गाउँपालिका अध्यक्षमा सुरेन्द्र सुब्बालाई अघि सारेको छ । बाँकी सूर्याेदय, ईलाम र माई नगरपालिका तथा माईजोगमाई गाउँपालिका, माङसेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा भने नयाँ शक्ति र संघिय समाजवादी फोरमको संयुक्त गठबन्धका तर्फबाट उम्मेदवार चयन गरिने संयोजक चेम्जोङले जानकारी दिए । त्यसका लागि फोरमसँग छलफल भइरहेको पनि चेम्जोङले जानकारी दिए । उम्मेदवार छनौट गरिसकिएका नगरपालिका तथा गाउँपालिकाहरूमा घरदैलो तथा चुनावी कार्यक्रम सहित प्रचारप्रसार अभियान समेत सञ्चालन गरिरहेको चेम्जोङले जानकारीस् दिनुभयो । ४ नगरपालिका र ६ गाउँपालिका रहेको ईलाममा कूल एकलाख ८९ हजार २ सय ७४ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय ईलामको तथ्याङ्कमा उल्लेख छ । कपिलवस्तु बाणगंगा मेयरमा खनाल नयाँशक्ति पार्टी नेपाल कपिलवस्तुले दोस्रो चरणको स्थानिय निर्वाचनका लागी उम्मेद्वार चयन सुरु गरेको छ । यसै अन्तरगत बाणगंगा नगरपालीकाका लागी मेयरमा नारायण खनाल र उपमेयरमा लक्ष्मी सारुलाई अगाडि सारेको छ । नयाँ शक्ति र संघिय समाजबादी फोरम को संयुक्त उम्मेद्वारको घोषणा गरिएको नयाँशक्ति पार्टी नेपालका संघिय परिषद केन्द्रिय सदस्य विष्णुहरी शर्माले बताए । साथै बाणगंगा नगरपालीकाको वडा नम्बर ४, ७ र ९ मा वडा अध्यक्ष पदको उमेदवारमा अम्बिका राहुल, डाली थापा र गोविन्द बन्जाडेलाई सर्वसम्मत प्रस्ताव गरिएको छ । कपिलवस्तुमा ६ नगरपाालिका र ४ गाउँपालिका रहेका छन् । मेयर पदका उम्मेद्वार खनाल २०४१ साल मा नेपाल कम्युनिष्ट पार्टीमा संगठित भई, २०४३ देखी २०५९ साल सम्म नेकपा मसालमा बरिष्ठ नेता थिए । २०५९ देखी २०७१ सालसम्म तत्कालिन नेकपा माओबादी पार्टीको नेता रहि २०७२ सालमा बैकल्पिक राजनैतिक शक्तिको निर्माणको क्रममा नयाँ शक्ति पार्टी, नेपालको संस्थापक केन्द्रिय सदस्य रहेर हाल नयाँशक्ति पार्टी नेपालको संघिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक समेत टज । यसैगरि प्युठान जिल्लाको केन्द्र रहेको प्युठान नगरपालिकाको मेयरमा भगवती सुवेदी र उपमेयरमा सिद्धिमान केसीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति प्यूठानले बताएको छ । प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका रहेको छ । त्यसैगरि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा मुस्लिम समुदयका बाबु खाँ पठान र उपमेयरमा जय कुमारी खड्कालाई उमेदवार बनाएको छ । सोलुखुम्बुका गाउँपालिका प्रमुख छनौट नयाँ शक्ति पार्टी नेपालले सोलुखुम्बुका गाउँपालिका प्रमुखमा उम्मेदवार छनौट गरेको छ । जिल्लाका लिखु पिके, महाकुलुङ, सोताङ, दूधकोशी र दूधकौशिका गाउँपालिका प्रमुखका उम्मेदवारहरु छनौट गरिसकेको नयाँ शक्तिका आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काले बताए । गाउँपालिकाका प्रमुख पदका उमेदवारहरुमा लिखु पिके मुनिन्द्र वस्नेत, महाकुलुङ राम बहादुर खड्का, सोताङ प्रेम बहादुर वस्नेत, दूधकोशी चन्द्र प्रसाद घिमिरे र दूधकौशिका मनी कुमार तामाङ रहनु भएको छ । यी क्षेत्रमा बाँकी भएका उपप्रमुख पद तथा वडाहरुमा संघिय समाजवादी फोरमसँगको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार छनौट गरिने र त्यसका लगि फोरमसँग छलफल भईरहेको पनि खड्काले जानकारी बताए । एक मात्र नगरपालिका रहेको सोलुखुम्बुरको सोलु दूधकुण्ड नगरपालिका सहित उमेदवार छनौट गर्न बाँकि रहेका गाउँपालिकाहरुमा नयाँ शक्ति र फोरमको संयुक्त गठबन्दनले टुङ्गो लगाउने खड्काले जानकारी दिनुभयो । उमेदवार छनौट प्रक्रिया सँग सँगै चुनावी प्रचार प्रसार अभियानलाई घरदैले, सभा, मतादान अभिमुुखिकरण लगायतका कार्यक्रममा निरन्तरता रहेको समेत खड्काले जानकारी बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप