जनकपुरको गंगा सागरमा आज साँझ बिशेष आरती
आइतबार, २१ जेठ २०७४, १६ : १७
धनुषा, जेठ २१ –जनकपुरको गंगा सागरमा आज बिषेश गंगा आरती हुने भएको छ ।
गंगासागर सफाई अभियान तथा नियमित भइरहेको महा गंगाआरतीको तीन वर्ष पुरा भएको अवसरमा आईतबार बिशेष आरती गर्न लागिएको हो ।
सरसफाईको अभावमा अस्तित्व समाप्त हुने अवस्थामा पुगेको गंगासागर सरोबरको संरक्षण तथा सौन्दर्यकरण गरि पर्यटकलाई आकर्षित गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष रामअषिश यादवको नेतृत्वमा सरसफाई अभियान थालिएको थियो । महिनौसम्म स्थानीय युवा, विद्यार्थी, सुरक्षाकर्मी तथा नागरिक समाजका अगुवाहरुले सामुहिक रुपमा सरसफाई गरेपछि गंगारसागरबाट दुर्गन्ध हराउदै गएको छ । २०७१ जेठ २१ गतेबाट महागंगा आरती शुरु भएको हो ।
गंगाआरतीको तीन वर्ष पुरा भएको अवसरमा तीन दिने कार्यक्रमको आयोजन गरिएको छ । कार्यक्रम अनुसार शुक्रवार सामुहिक स्नान, साँझमा गंगाआरतीको विषयमा अन्तरक्रिया र शनिवार विभिन्न स्थानमा वृक्षारोपण गरी आइतबार बिशेष आरती गरिने अध्यक्ष रामअशिष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण